Home  |   About Us  |  Feedback  |  Contact Us  |  Archive  
१२ कार्तिक २०६६ बिहिबार Oct 29, 2009 वर्षः १० अंक : २७ Todays :
 
Hamro Bikash Bank
Om Tea
Trishuli Web
 

स्वागत छ यहा“लाई । त्रिशूली प्रवाह साप्ताहिक पत्रिकालाइ अव इन्टरनेटमा समेत तपाईले पढ्न सक्नुहुनेछ । विगत ५ बर्षेखि हरेक हप्ता नुवाकोट, धादिङ र रसुवाका ताजा समाचारहरुलाई प्रस्तुत गर्दै आएको त्रिशूली प्रवाह साप्ताहिकको यो इन्टरनेट वेवसाइट संस्करणमा अव तपाईले हरेक हप्ताको विहीबार सोही दिन प्रकाशित ताजा समाचार पढेर आनन्द र जानकारी लिन सक्नुहुनेछ ।

त्रिशूली प्रवाह साप्ताहिक २०५६ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाचारमुलक साप्ताहिक पत्रिका हो । २०५७ बैशाख १ गतेबाट प्रकाशन सुरु भएको यो त्रिशूली प्रवाह साप्ताहिक पत्रिका प्रति लाखौँ पाठकहरुले देखाउनुभएको माया“ र सद्भावका कारण हामीले देश बिदेशमा रहनुभएका हाम्रा शुभेच्छुक एवं पाठकहरुको माया“ अनुसार वेवसाइटमा गएका हौं । देश बिदेशमा रहनुभएका व्यक्तिहरुले त्रिशूली प्रवाहमा प्रकाशित लेख, रचना, समाचारलाई साभार गर्न र पुनः प्रयोग गर्न सक्नुहुनेछ । तर साभारः त्रिशूली प्रवाह साप्ताहिकु भनेर उल्लेख गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

हामी नियमित रुपमा सल्लाह, सुझावको अपेक्षा गर्दछौं ।

 

वेवसाइटका परिवार

रामचन्द्र भट्ट : सम्पादक

बि.सं.२०३० मा बिदुर नगरपालिका वडा नं. ७ पिपल्टारमा जन्मनुभएका भट्टले २०५२ सालबाट पत्रकारिता सुरु गर्नुभएको हो । सुरुको समयमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका भट्टले त्यसपछि श्री सगरमाथा दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हु“दै त्रिशूली प्रवाहको सम्पादकसम्म आइपुग्नुभएको छ । उहाँले नेपाल प्रेस इन्सिच्युडबाट पत्रकारितमा एक बर्षो डिप्लोमा पुरा गर्नुभएको छ |

 

शरण उत्सुक : प्रकाशक

बि.सं. २०२८ सालमा नुवाकोटको तुपचे गाविसमा जन्मनुभएका उत्सुकले २०५३/५४ सालबाट पत्रकारिता सुरु गर्नुभएको हो । राजधानीबाट प्रकाशित बिभिन्न साप्ताहिक पत्रिका हुँदै २०५७ सालदेखि उहाँ त्रिशूली प्रवाह साप्ताहिकको प्रकाशक रहँदै आउनुभएको छ ।

मुलतः व्यापारी वर्गमा रहनुभएका उत्सुक हाल नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षका अलावा प्रकाशन समितिको संयोजक पनि हुनुहुन्छ ।


In Jan 30 & 31 »» Write your suggestion and comment in        sujhab@hotmail.com
. Trishulionline.com
. Newsofnepal.com
. Nepalnews.com
. Ekantipur.com
. Trishuli.com
. Bidurnagar.org
. Ddcnuwakot.org
. Swecosnepal.com.np
. Sangamcooperative.com.np
. Janatako.blog.com
. Nepalifootball.com
 

 
Copyright © 2005-2009 Trishuli Prawaha Weekly. All Rights Reserved. Site Maintained by: Trishuli Web Services