विचार

  • ‘त्रिशूली प्रवाह’

    १३ बैशाख २०८१, बिहीबार १३:५५

    धर्तीचन्द्र यात्री वि.सं.२०८१ वैशाख ५ गते बेलुकी साहित्यकार एवम् पत्रकार श्याम रिमालको फोन आयो । उहाँले भन्नुभयो, ‘यात्रीजी, भोलि ‘त्रिशूली प्रवाह’ साप्ताहिकको कार्यक्रममा नुवाकोट जानुपर्ने भयो ।’ नुवाकोट आफू जन्मेको, हुर्केको जिल्ला । म हरेक क्षण जिल्लाबारे उत्सुक हुने मानिस । त्यसमा पनि शरण उत्सुकले गर्नुभएको त्यस निम्तालाई मैले कसैगरी नाइँनास्ती गर्न मिल्दैनथ्यो । सोहीबमोजिम […]

  • आफ्नै माटो चिन्न नसकेका हामी

    ७ बैशाख २०८१, शुक्रबार १२:४८

    दिनेश आचार्य केही दिनअघि म थाइल्यान्डको लगानीमा काठमाडौंमा खुलेको पाँचतारे होटेल दुसित प्रिन्सेसमा एउटा मिटिङमा गएको थिएँ । त्यहाँ कफी पिउँदै गर्दा एकजना व्यवसायीले भने, ‘यो कफी त नुवाकोटको उत्पादन हो नि ।’ उनको कुरा सुन्नासाथै मलाई आश्चर्य लाग्यो । काठमाडौंका पाँचतारे होटेलहरूमा मात्रै होइन, विदेशमा पनि निकै चर्चित रहेको ‘नुवा–कफी’को ब्रान्डनेम नुवाकोटको छोटकरी नाम […]

  • ऊर्जा र कनेक्टिभिटीको केन्द्र बन्दै छ नुवाकोट

    ७ बैशाख २०८१, शुक्रबार ११:०६

    दामोदर भण्डारी नुवाकोट धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको धनी जिल्ला हो । अर्को नुवाकोटमा पर्यटनको पनि प्रचुर सम्भावना छ । पर्यटनको सन्दर्भमा लाङटाङ, गोसाइँकुण्डलगायतको अन्य ठाउँहरूको पर्यटनद्वारको रूपमा रहेको हुनाले नुवाकोटले धेरै नै लाभ लिने ठाउँ देखिन्छ । पछिल्लो समय स्थानीय तहहरूले पनि आ–आफ्नो ठाउँमा भएका पर्यटकीय सम्पदाहरूको संरक्षण गर्ने अभियान चलाएका छन् । यो […]

  • सम्भावनाको खानी : नुवाकोट

    ६ बैशाख २०८१, बिहीबार १६:२६

    ईश्वरी रिमाल नुवाकोट जिल्ला भनेको पौराणिक तथा ऐतिहासिक जिल्ला हो । पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गरेपछि मात्रै नेपाल एकीकरण ‘सम्भव छ’ भनेर एकीकरण थालनी गरेका थिए । नुवाकोट आर्थिक एवम् सामाजिक रूपले पनि महत्वपूर्ण स्थल हो । यद्यपि, नुवाकोट जिल्ला अझै पनि सोचेजस्तो विकासमा अगाडि बढ्न सकिरहेको छैन । यसो हुनुमा एउटा मुख्य कारण नुवाकोटबाट […]

  • त्रिशूली प्रवाह : मेरो पत्रकारिताको पहिलो स्कुल

    ६ बैशाख २०८१, बिहीबार १६:०९

    नवदीप अजनबी पत्रकारितामा सक्रिय भएको दुई दशक भएको छ । एउटा लहडमा पत्रकारितामा आएको म, यही पेसामा दुई दशक बित्यो । पत्रकारितामा भविष्य ठानेर बसियो, यही क्षेत्रमा सङ्घर्ष गरियो । अहिले सम्झेर ल्याउँदा आफ्नै पत्रकारिता दैनिकी आफैँलाई इतिहास लाग्ने समय आएको छ । आफ्नै पेसा आफैँलाई इतिहास लाग्नुचाहिँ पत्रकारिता क्षेत्रमा पछिल्लो दुई दशकमा आएको आमूल […]

  • पत्रकारिता र त्रिशूली प्रवाहका कुरा

    ६ बैशाख २०८१, बिहीबार १५:५५

    रामशरण प्याकुरेल पत्रकारिता सिर्जनाको प्राज्ञिक पेसा हो । मानिसको यसप्रतिको रहरले यसको प्राज्ञिकता र गरिमालाई बुझाउँछ । पत्रकारितालाई देश तथा समाजको ‘वाचडग’ वा ‘चौथो अङ्ग’ पनि भनिन्छ । आजका दिनमा यो संवैधानिक कानुनी रूपमा भन्दा पनि स्वतस्फुर्त रूपमा प्राप्त उपाधि हो । पत्रकारिताको ऐनामा समाजको सभ्यता, शिक्षा, चेतना आदि–आदि हेरिन्छ । त्यसकारण पत्रकारिताको विकाससँग समाजको […]

  • शिक्षामा लगानी वृद्धि र चुस्त व्यवस्थापनको खाँचो

    ६ बैशाख २०८१, बिहीबार १५:४७

    बाबुकाजी कार्की विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकूल विकास र विस्तारका लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनुहुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो । गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधान–स्रोतसम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै, शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न […]

  • टेक्ससको नुवाकोटे जमघटलाई नियाल्दा

    ६ बैशाख २०८१, बिहीबार १५:२५

    रामचन्द्र भट्ट नुवाकोटका पुराना पत्रकार साथीसँग कहिलेकाहीँ कुराकानी हुँदा उनीहरूको जिज्ञासा हुन्छ– टेक्ससमा कति नेपाली छन् ? धेरै नै छन् भन्ने सुनिन्छ नि ?’ मसँग टेक्ससमा नेपालीको (नेपाली मात्र पनि भन्नु न्यायोचित हुँदैन । किनकि धेरैले अमेरिकी नागरिकता लिइसकेका छन् । त्यसैले अमेरिकी नेपाली भन्नुपर्ने हुन्छ ।) यकिन तथ्याङ्क त छैन । त्यसैले झन्डै एक […]

  • त्रिशूली प्रवाहसँगको अन्तर्मन्थन

    ६ बैशाख २०८१, बिहीबार १४:५८

    रेशमबहादुर पाण्डे ओहो २५ वर्ष भइसकेछ…विद्युतीय माध्मबाट ‘त्रिशूली प्रवाह साप्ताहिक’बारे एउटा लेख लेखिदिने मलाई आएको सन्देशले मेरो मनमा अनायास एउटा तरङ्ग आयो । ओहो २५ वर्ष भइसकेछ…! कति छिट्टै समयले फड्को मारिसकेछ । म एकछिन आफैँमा घोत्लिन थालेँ, अन्तरविमर्शमा रङमगिन थालेँ र मैले त्रिशूली प्रवाहप्रति केही अन्तर्मन्थन गर्नुपर्छ भन्ने निक्र्योल गरेँ । यद्यपि, त्यस पत्रिकामा […]

  • नुवाकोट : विकासको भोक र भगवान्

    ६ बैशाख २०८१, बिहीबार १४:५०

    नारायण नेपाल यतिबेला गाउँ, नगर सबैतिर स्थानीय सरकारको गाउँ–नगरसभाको मौसम चलेको छ । म मेरो गृहनगर बेलकोटगढीको केन्द्र बाघखोरको यात्रामा थिएँ । सुकिला लुगा लगाएर हातमा झोला झुन्ड्याउँदै नगरमुकामतिर लर्को लाग्ने जमात निकै ठूलो सङ्ख्यामा थियो । कतिपय मुन्द्रे यातायातमा त कतिपय असिन–पसिन पैदलै देखिन्थे । आखिर यी सबको भोक थियो, आफ्नो गाउँठाउँको विकासको र […]