धादिङ

  • नेपालमै पहिलोपटक मानवनिर्मित हिउँको पिरामिड

    २४ फाल्गुन २०८०, बिहीबार १२:०८

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङनजिकैको गोठेन खर्कमा नेपालमै पहिलोपटक स्थानीय संस्था ल्याकोस रसुवासँग सहकार्य गरेर रिसोर्स हिमालयले परीक्षणस्वरूप मानवनिर्मित हिउँको पिरामिड निर्माण गरेको छ । गत्लाङ गाउँबाट मोटरबाटोबाट करिब १३ किलोमिटरको दूरी तय गरेपछि मानवनिर्मित हिउँको पिरामिड पुगिन्छ । उक्त पिरामिड काठमाडौंबाट गत्लाङसम्म एक सय ५७ किलोमिटर दूरीमा रहेको छ । जलवायु परिवर्तनका […]

  • माग पूरा नगरे आन्दोलन गर्ने दुग्ध उत्पादक किसानको चेतावनी

    १७ फाल्गुन २०८०, बिहीबार १२:०३

    राजेन्द्र बस्नेत धादिङ, दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री–वितरणमा व्यहोर्नुपरेका समस्या समाधान गर्न धादिङका किसानले नेपाल सरकारको पटक–पटक ध्यार्नाकण गराउँदै आएका छन् । अब पनि माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र बागमती प्रदेश सरकारका मुख्यमन्त्रीलाई धादिङका दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा संलग्न किसानले ज्ञापनपत्र सोमबार बुझाएका छन् […]

  • त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव हुँदै

    ४ माघ २०८०, बिहीबार १२:१६

    धादिङबेँसी, धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा धादिङको गजुरी गाउँपालिका–५ गलौदीको त्रिशूली नदी किनारमा नवौँ धादिङ महोत्सव माघ १० देखि सञ्चालन हुने भएको छ । सङ्घ महोत्सवको तयारीमा जुटेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ १० गतेदेखि २१ गतेसम्म नवौँ धादिङ महोत्सव हुँदै छ […]

  • भैरवी सहकारीको चारवर्षे रणनीति योजना तर्जुमा

    १९ पुष २०८०, बिहीबार १२:१३

    धादिङबेँसी, धादिङमा क्रियाशील उत्कृष्ट सहकारीमध्येमा पर्ने भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीको चारवर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कोभिडपछि विश्व अर्थतन्त्रमा परेको प्रभावको कारण पछिल्लो समयमा केही सहकारीमा देखिएको समस्याले भैरवी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक गम्भीर भएर छलफल गरेका छन् । कोभिडपछिको सुस्ताएको आर्थिक गतिविधिलाई सहकारीका […]

  • वन कार्यालयको परिसरमा सालकको सालिक

    १२ पुष २०८०, बिहीबार १३:०८

    राजेन्द्र बस्नेत धादिङबेँसी, दुर्लभ वन्यजन्तको सूचीमा राखिएको सालकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुने र सालकको खपेटाको अवैध बिक्रीका लागि चोरी–सिकारी धादिङमा बढ्दै गएको छ । सालकको महत्व बुझाउन डिभिजन वन कार्यालय धादिङले कार्यालयपरिसरमा सालकको सालिक निर्माण गरेर चेतनामूलक जानकारी गराउन थालेको छ । विश्वकै दुर्लभ वन्यजन्तु सालकको महत्व […]

  • अपराध न्यूनीकरण गर्न शिक्षक-प्रहरी प्रतिनिधि

    २१ मंसिर २०८०, बिहीबार १२:०९

    राजेन्द्र बस्नेत धादिङबेँसी, स्कुलमा पढ्दै गरेका बालबालिका वर्तमान र भविष्यमा समेत आपराधिक गतिविधिमा नलागून् भन्ने उद्देश्यले अपराध न्यूनीकरणका कक्षा सञ्चालन गर्न शिक्षकलाई प्रहरीका प्रतिनिधिको रूपमा नियुक्ति गर्न धादिङमा सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाभित्रका सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराएको छ । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय […]

  • राष्ट्रिय कर दिवसमा नुवाकोट र धादिङका आठ करदाता सम्मानित

    १४ मंसिर २०८०, बिहीबार १२:१९

    गल्छी, १२औँ राष्ट्रिय कर दिवस २०८० को अवसरमा करदाता सेवा कार्यालय गल्छीले नुवाकोट र धादिङ जिल्लाका आठ करदातालाई सम्मान गरेको छ । गत बिहीबार मङ्सिर ७ गते नुवाकोट र धादिङ जिल्ला कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालय गल्छीले कर सप्ताह समापन समारोहमा गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो […]

  • तेह्र सय वर्ष पुरानो गंगाजमुना जात्रा

    १४ मंसिर २०८०, बिहीबार १२:१७

    फूलखर्क (धादिङबेँसी), धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीय रूपले पछिल्लो समय चर्चामा आएको स्थल हो । यहाँको झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशी (ठूलो […]

  • मौरी पालेरै वार्षिक १८ लाख कमाइ

    २३ कार्तिक २०८०, बिहीबार ११:४६

    धादिङ, अधिकांश पढेलेखेका नेपाली युवा काम छैन भनेर फेसबुक र टिकटकमा समय खेर फालिरहेका छन् भने केही युवा बिहान उठेदेखि अँध्यारो नहुन्जेलसम्म राजनीतिक दलका नेता र राजनीतिक व्यवस्थाबारे नकारात्मक धारणा बनाउनै तल्लीन देखिन्छ । तर, युवाहरूको भिडमा फरक सोच र विचार बोकेर धादिङ जिल्ला धुनीबेँसीका रामराजा पाण्डे उद्यममा संलग्न छन् । पछिल्लो समय युवाले नेपालमा […]

  • सौन्दर्यकलामा बढ्दो आकर्षण

    २३ कार्तिक २०८०, बिहीबार ११:४३

    राजेन्द्र बस्नेत गजुरी (धादिङ), भनिन्छ नि ‘स्वास्थ्य राम्रो चेकअपले, महिला राम्रो मेकअपले’ । पहिले सामान्य कोरीबाटी गरेर गाजलमा सजिने महिला पनि अहिले अलि फरक किसिमले सिँगारिन्छन् । यसरी सिँगारिनुलाई समयको गतिसँगै आएको परिवर्तन भन्छन् । अझ सामाजिक सञ्जाल टिकटकले मानिसलाई कलात्मक रूपमा प्रस्तुत हुन उत्प्रेरित गरिरहेको छ । टिकटकमा विभिन्न किसिमले सिँगारिएका महिलाले फरक–फरक गीतमा […]