बर्तमान सरकारवाट चुनाव नहुने छनक

शम्भुप्रसाद शर्मा
लोकतन्त्रको चुरोको रुपमा जनमतलाई सर्वाेपरि मानिन्छ । तर नेपालमा संबैधानिक रुपमा आबधिक रुपमा निर्वाचन हुन सकिरहेको छैन । स्थानीय निकायको निर्वाचन नभएकको निकै भइ सक्यो । विद्यालयहरुमा निर्वाचन नभएको भए जनताले भोट हाल्नु पर्छ भन्ने कुरा पनि विर्सन्थे होलान् । नेता भनौदाहरुको खिचातानीले तोकिएको समयमा निर्वाचन हुन नसक्ने गन्ध नाक छेड्ने नै गरी आइरहेको प्रतित हुन्छ । चुनाव हुन्छ,हुन्छ यो अपरिहार्य छ भन्न नेताहरु चुकेका छैनन् एकातिर भने अर्काेतिर उनीहरुको बोलीले सार्थकता पाइरहेको छैन ।जसरी ०६४ साल देखि सम्बिधान वन्छ वन्छ फरक पर्दैन भनी ०६९ सम्म नेताहरु घोकी रहे,,खोकि रहे तर आज सम्म वन्न सकेन ,त्यसरी नै चुनाव हुन्छ हुन्छ भनी जनतामा झुटको खेती गरिरहेका छन् । धेरै पटक सहमतिका कुरा पानीका फोका जस्तै उठ्दै फुट्दै गरे ,सार्थक सहमति हुन सकेनन् । हुदैन,गर्दैनौ ,बन्दैन भन्न नेपाली नेताहरुले जानेका छैनन् मानौं उनीहरुको शब्दकोषमै छैन तर कार्यक्षेत्रवाट भने कहिल्यै सकारात्मक नतिजा निस्कन सकेको छैेन । हुन्छ भन्दै खोकेका र नहुदै बोक्रिएका उदाहरण यहां उल्लेख गरेर साध्य हुंदैन । आज सहमति ,गर्ने त्यसको मसी सुक्न नपाउंदै अर्काे कुरा वदल्ने नेताहरुको चरित्रले उनीहरुले वोलेका कुरा यथा समयमा हुन सकिरहेको छैन । अपरिपक्कता र अकर्मण्यताले नेताहरुलाई टम्म कस्ने गरी बांधेको छ । प्रमुख भन्नेहरु यौटा सहमतिमा दस्तखत गर्छन् र आप्mनै पार्टीवाट विरोध भए पछि वा बिरोध गराएर आच्या.. के पो भएछ भन्दै पन्छिन्छन् । रेग्मीको नियुक्ति देखि लोकमान सम्मका कुरालाई दृष्टिगत गर्दा यसको प्रमाण पाइन्छ । उनीहरुको बोलीमा तुक छैन ,। कथनी र करणीमा व्यापक फरक पाइन्छ । आषाढमा चुनाव हुन्छ हुन्छ भन्दै प्राय ठोकुवा जस्तै गरे । खै त त्यो चुनाव ? यति छोटो समयमा थुप्रै कानुनी र प्राबिधिक कारणले निर्वाचन हुदैन भन्ने थाहा हुंदा हुंदै पनि हुन सक्छ मात्र हैन हुन्छ हुन्छ दुनियांको कुनै तागतले रोक्न सक्दैन भन्थे र अझै भन्दैछन् तर आषाढमा नहुने पक्का पक्की नै भयो र हुन सक्दैन पनि ।
छेपाराले रङ्ग फेरे झैं वेला बखत वोली फेरिरहने नेताहरुको वोली र ब्यबहारलाई दृष्टिगत गर्दा र गत विगतलाई केलाएर हेर्दा मार्गमा पनि खास गरी यो सरकारवाट चुनाव हुने छनक देखिदैन । आज सम्म चुनावको तिथि मिति तोक्न नसक्नु वा वातावरण नवन्नु,नेताहरुको वोलीमा ठेगान नहुनु , चुनाव जितिने भए मात्र मैदानमा उत्रने छन्द देखाउनु , दल भित्रका बहुसंख्यक राजनीतिज्ञहरुको कर्मचारी सरकार प्रतिको वितृष्णा हुनु ,चुनाव गर्न भनी गठन भएको सरकार चुनाव तिर भन्दा कर्मचारी सरुवा बढुवा र सभासम्मेलन उद्घाटन तिर अग्रसर भइरहनु आदि यसका प्रमुख कारणहरु हुन् । यस्तै सरकार र निर्बाचन आयोगमा पनि साह्रै राम्रो सम्बन्ध नदेखिनु पनि यसको थप कारण हुन सक्छ । साथै दाहाल भट्टराई तथा उनका प्रवक्ता पौडेलवाट पनि मार्ग सम्ममा चुनाव नभए यो सरकारवाट चुनाव हुन सक्दैन भन्ने अभिब्यक्ति ओकलिनुवाट पनि यो सरकारवाट मंसिरमा चुनाव हुने छाँटकाँट देखिदैन । अझ मूल कुरा त सेट नभइ डेट नतोक्ने सरकार प्रमुखको राय र यो सरकारको बहिर्गमन तथा यो सरकार वन्दाको ११ बुंदाको खारेज विना सहमतिमा कुनै हालतमा नआउने बैद्य तथा केही अन्य दलको उद्घोष् र ती ११ बुंदा कुनै हालतमा परिबर्तन नहुने चार दलको हँुकारले गर्दा चुनाव हुने कुनै सम्भावना नै देखिदैन । सम्भाबना नहुंदा नहुदै पनि हुन्छ भनेर खोकिरहनुमा कुनै तुक छैन । यसको अतिरिक्त आषाढमा निर्वाचन नभए पछि चुनाव क्षेत्रको वाँडफाँड तथा सभासद संख्यामा हुन लागेको किचलो र दलहरुले ल्याउनु पर्ने निम्नतम मत संख्याको वार्गेनिङ्गले झनै चुनाव नहुने झझल्को दिलाउंछ । यसरी यी यावत् कुराले हसिया कस्तो छ भनी बिंड देख्दा चाल पाए भैmं वा ःयचलष्लन कजयधक तजभ मबथ भने भैंm रेग्मी सरकारवाट मार्गमा निर्वाचन हुन सक्ला जस्तो छनक देखिदैन र मार्गमा चुनावप नभए पछि सहमति अनुसार स्वतः हट्नु पर्ने बाध्यता आउने हुनाले पनि यो वर्तमान सरकारवाट सम्बिधान सभाको निर्वाचन नहुने आधारहरु तथा संकेतहरु छ्यास्छ्यास्ती फेला पार्न सकिन्छ । । उल्का अचम्म भयो वा कुनै तिलस्मी चमत्कार भएमा मात्र सम्भब होला नत्र सम्भावना क्षिण हुदै गएको दृष्टिकोण यो पंक्तिकारको रहेको छ । बर्तमान सरकारको एक जना मन्त्रीले हामी कुनै दलको सिन्डीकेटमा रहेर वा उनीहरुको नियन्त्रणमा छैनौ र रहेर काम गर्दैनौ भन्नु र चारदलले पनि हामीले पालेको बिरालो हामीलाई नै म्याउ गर्छ भनी उनीहरुसंग विमति राख्न थाल्यो भने अभैm निर्वाचन नहुने सम्भावनाको पर्खाल मजवुत हुने देखिन्छ ।

फेरि सुरु हुनेभो’ पूर्वपञ्चहरुको पार्टीमा राणा शासन

काठमाडौं । एकताको नाकटसँगै पूर्वपञ्चहरुको केही प्रगतिशिल समूह राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीमा तत्काल नयाँ नेतृत्व चयनको सम्भावना सकिएको छ । यी दुई पार्टी एक भएपछि पनि युवा पुस्ताले नेतृत्वमा उचित स्थान नपाउने भएका छ्न् । उक्त पार्टीमा राणा शासनको जस्तै आलोपालो नेतृत्व स्थापित हुने लगभग पक्का जस्तै भएको छ । कुनै शक्तिले चलखेल गरेर हस्तक्षेप नगरेमा ती दुई पार्टी मिलेपछि घरले जाजा र बनले आइज–आइज भन्ने उमेरमा पुगेका नेताहरुले फेरि मर्ज भएर बनेको नयाँ पार्टीको नेतृत्व गर्ने पक्कापक्की भएको छ ।

पशुपति शमशेर राणाको नेतृत्वको राप्रपा र सूर्यबहादुर थापाको नेतृत्वको जनशक्ति पार्टीको एकता महाधिवेशन भोलि ३ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको सुरुवातसँगै विवाद पनि बढ्दै गएको छ । विवाद बढे पनि सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र डा. प्रकाशचन्द्र लोहनीले मर्ज भएर बन्ने नयाँ पार्टीका अध्यक्षता गर्ने लगभग निश्चित भएको छ । पार्टीमा अध्यक्ष भन्दा पनि अध्यक्ष मण्डल बनाउने बारेमा यी पाँच नेताहरुले पनि सहमति जनाएका छन् ।

नयाँ परिस्थिति अनुसार चलाएको कारण उनीहरुले पार्टीको अस्तित्व कायम राखे पनि सबै नेताहरुमा राणा शासकहरुको जस्तै सोच छ । परिवारवाद र आफ्ना नजिकका आपेपासेहरुको कुरामा मात्र विश्वास गर्ने उनीहरुको चरित्रमा खासै सुधार आउन सकेको छैन । नेतृत्व चयनदेखि दैनिक क्रियाकलापमा सामन्तवादी सोचले डेरा जमाएको कारण पार्टीको अस्तित्व भए पनि प्रजातान्त्रिक हुन नसकेको हो । नयाँ नेतृत्व जन्माउने क्षमता नभएको कारण युवा पुस्ता उक्त पार्टीमा आकर्षित हुन सकेको छैन । पछिल्लो समयमा उनीहरुले गणतन्त्रलाई स्वीकार गरे पनि व्यवहारत सामन्ती संस्कार नै रहेको कारण ती दुई पार्टीले राष्ट्रिय राजनीतिमा भूमिका निभाउन सकेको छैन ।

राणा शासनमा सत्ता चलाएको जसरी पार्टीलाई चलाएको कारण उनीहरुले नयाँ नेतृत्व विकास गर्न नसकेका हुन् । आफ्ना चाकरी गर्नेहरु भन्दा बाहिर पार्टी वा जनवर्गीय संगठनको नेतृत्व गएमा आफ्नो अस्तित्व समाप्त हुने सोच पाँचै जना नेतामा छ । यी पाँच वृद्ध भाइले पालैपालो नयाँ पार्टीलाई नेतृत्व गर्ने बारेमा केही जिल्ला नेतृत्वले भने विरोध जनाइसकेका छन् ।

एकता महाधिवेशनस्थलमा पनि उक्त अध्यक्ष मण्डलको विरोध भए पनि एकल नेतृत्वको सम्भावना भने सकिएको छ । पहिला पनि सिद्धान्त भन्दा पनि पदको लागि राप्रपा विभाजन भएको थियो । कमल थापाले मात्र राजाको पक्षमा वकालत गर्न पार्टी फुटाएका थिए । अरु सबै पदकै लागि विभाजित भएका हुन् । सूर्यबहादुरले नयाँ पार्टी गठन गरेर गए पनि पशुपतिले धनको आधारमा पार्टीलाई टिकाउन सफल भएपछि सूर्यबहादुर फेरि पशुपतिसँग मिल्न आइपुगेका हुन् ।

केन्द्रीय नेतृत्वदेखि जनवर्गीय संगठन पनि यी पाँच वृद्ध नेताहरुले नै तय गर्ने छन् । त्यसका लागि सबै जिल्लामा भागबण्डाको नीति अपनाइएको एक नेताले जाकारी दिए । कसैलाई जनवर्गीय, कसैलाई जिल्ला नेतृत्व त कसैलाई पार्टीको केन्द्रीय समितिमा ल्याइने छ । सकभर सबै ठाउँमा समान किसिमले नेतृत्वमा स्थान दिइने तयारी भएको छ । समान हैसियतको बारेमा राप्रपाका कार्यकर्ताहरुले भने विरोध जनाएका छन् । उनीहरुले जनशक्ति पार्टीको हैसियत नभएको कारण उसलाई उचित भन्दा पनि हैसियत अनुसारको स्थान मात्र दिनुपर्ने अडान राखेका छन् । केन्द्रदेखि अधिकांश जिल्लाहरुमा राप्रपाको सम्पत्ति बढी छ ।

नयाँ युगमा नेतृत्व चयनमै सिन्डिकेट देखा परेपछि पार्टी नयाँ तरिकाले अगाडि बढ्ने सम्भावना भने न्यूनछ । आगामी मंसिरमा संविधानसभा निर्वाचन हुने सम्भावना बढेपछि यी पार्टीले अन्य कुरालाई थाँती राखेर जसरी पनि केही स्थान बढाउने सोचका साथ एकता गर्न लागेका हुन् । नेतृत्वको सिन्डिकेटविरुद्ध विद्रोह गर्ने क्षमता कार्यकर्तामा नभए पनि नेतृत्वमा पुग्न सकिँदैन भन्ने पक्का भएको छ । नेतृत्वमा पुग्न नसकिने असुरक्षित राजनीतिक भविश्वय बोकेर ती पार्टीका कार्यकर्ता महाधिवेशनमा भने सहभागी भइरहेका छन् ।

विराशतको कोशेढुंगा र मोफसलको पत्रकारिता

– रामशरण प्याकुरेल
मोफसलको पत्रकारिताको क्षेत्रमा आफैंमा एउटा संघषको पर्यायको रुपमा उभिएको त्रिशूली प्रबाहले ६२५ भन्दा बढी अंक पस्किएर आफ्नो निरन्तरताको १३ बर्ष पूरा गर्नु आफैंमा एउटा उदाहरणीय प्रसंग बनेको छ । तर यस प्रकाशनको टिमले स्विकार गरे बमोजिम आगामी दिनहरु अझै पनि चुनौतीपूर्ण नै रहेको र व्यवशायिकताको रक्षाका लागि यसका आगामी योजनाहरुसहित अगाडी बढ्ने क्रममा सबैको सहयोग अपेक्षित रहेको कुरा आफ्नो १४ औं बर्ष प्रवेशको अवसरमा उक्त प्रकाशनले जानकारी गराएको छ । आफ्नो अस्तित्वको रक्षा गर्ने कार्यमा नै खडा भइरहेको परिस्थितिमा मोफसलबाटै भए पनि अनवरत रुपमा आफूलाई टिकाइ राख्न सफल यस प्रकाशनलाइ अब छुट्टै परिचयको दरकार रहेन ।

नुवाकोटलाई केन्द्र र धादिड० तथा रसुवा जिल्लालाइ कर्मथलो बनाएर आफ्नो प्रकाशन शुरु गरेको यस प्रकाशनले यसै बैशाखबाट आफ्नो १४ औं बर्ष प्रवेशको जानकारीसंगै यसलाइ मलजल गर्ने, दिगो राख्न योगदान दिने लेखक, स्तम्भकार, संवाददाता र पाठकवर्गप्रति कृतज्ञता स्वरुप उक्त प्रकाशनले सबैलाइ श्रद्धा नमन व्यक्त गरेको जनाएको छ । १४ औं बर्ष प्रवेशको अवसरमा यसका संचालकले यसको स्तरबृद्धिका लागि आवश्यक रचनात्मक समिक्षा, टिप्पणी, र सुझावको अपेक्षा राखेकै कारणले पनि यो पंक्तिकारले यो आलेखमार्फत यसको प्रसंशामामात्र अक्षर खर्च गर्ने मनशाय भने पटक्कै राखेको छैन ।
माधब प्रसाद खनालको प्रकाशकीयमा नयां रुपरेखा र स्व० रामकृष्ण प्रधानद्धारा सम्पादित र प्रकाशित देउराली साप्ताहिकले शुरु गरेको नुवाकोटे पत्रकारिताको विराशत थाम्न आईपुगेको यो प्रकाशनको संलग्नतासंगै नुवाकोटमा सञ्चारको विकास र पत्रिका प्रकाशनको गतिमा तीब्रता थपियो । सञ्चारमाध्यमहरु पनि थपिंदै गएका छन् र यो क्रम अहिले पनि जारी छ । यो हाम्रा लागि हर्ष र गौरबको कुरा हो । तीन जिल्लाका जनताको सूचनाको हक प्रबद्र्धनमा यी स१चारमाध्यमहरुले महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । सूचना प्रविधिको विकाससंगै सूचनामा जनताको पहुंचमा बृद्धि पनि भएको छ । साथै यस क्षेत्रको विकास, निर्माण, कला, साहित्य एवं पर्यटन प्रबद्र्धनमा समेत यीनीहरुले उल्लेखनीय योगदान पुर्याईरहेका छन् ।
त्यसैमा पनि अहिले नुवाकोट सबै क्षेत्रमा प्रचुर सम्भावना भएको जिल्ला बन्दै गएको छ । मित्र राष्ट्र चीनलाई जोड्ने एउटा महत्वपूर्ण द्धार भएका भएकाले पनि जिल्लामा उद्योग व्यवशायको राम्रो संभावना बढ्दै गएको छ । केही बर्ष यता नुवाकोटमा बढ्दो शहरीकरण र औद्योगिक विकासले पनि यो कुराको पुष्टि गर्दछ । बदलिंदो परिवेश र जनताका बदलिएका आकांक्षा र रुची अनुरुप हाम्रा यी सञ्चार माध्यमहरु नयां रुप र शैलीमा आउन पर्ने आवश्यकता पनि प्रकट हुंदै गएको छ । किनभने यी कुराहरुलाइ प्रचार प्रसार गर्नका लागि पनि आमसंचारको आवश्यकता पर्दछ र पत्रपत्रिका आमसंचार अन्तर्गत पर्दछन् । आमसंचारको मुख्य काम पाठकलाई सूचना, शिक्षा, अभिप्रेरणा र स्वस्थ मनोरञ्जन प्रदान गर्नु हो र यो काममा पत्रकारिता पेशा अंगालेका पत्रकारिता गर्ने पत्रकारहरुको मुख्य भूमिका हुुनु पर्दछ ।
यी यस्ता खालका भूमिका निर्वाह गर्नका लागि अरुलाई नैतिकताको पाठ पढाउने, राम्रो नरामो भएको निगरानी गर्ने पत्रकारिता जगत आफैंमा स्वच्छ हुनु अनिवार्य छ । आचारसंहितामा अलमल हुंदा यसको मर्यादित ढंगबाट पालना नहुंदा व्यवशायिक विकासमा अवरोध पुगिरहेको छ । पत्रकारिता आवाजविहिनको आवाज रहेको र सत्य तथ्य कुरालाई भन्नु, लेख्नु, देखाउनु उसको धर्म र कर्म हो भनिए पनि बेला बेलामा यो धर्म र कर्मबाट पत्रकारहरु चिप्लिएको चर्चा हुन्छ । अनि पत्रकारिता आवाजविहिनको आवाज नभएर केही शिक्षित र दीक्षितहरुको पर्चाकारितामा बदलिएको अनुभव यस जिल्लामा पनि रहेको छ ।
लेखन, अध्ययन र परिश्रमले नै पत्रकारको शीप खारिने हुनाले यस तर्फ पनि सबैको ध्यान जा जरुरी छ । सुनेको भरमा आधिकारिता, सत्यता र प्रामाणिकता विना समाचार लेख्ने, आग्रह पूर्वाग्रह साध्न समाचारलाइ माध्यम बनाउने मानिसहरुका लागि पत्रकारिता क्षणिक फाईदाजनक र अर्थोपार्जनको साधन हुन सक्ला तर कालान्तरमा पाठक श्रोताले त्यो कुरा थाहा पाउंछन् र आर्जित ईज्जत र विश्वास गुम्ने खतरा हुन्छ ।
तर हामी सबैले बुझेकै हो, नेपालमा पत्रकारिता पेशाको सजिलो र अप्ठेरो दुबै छ । किनभने यो पेशामा दिनानुदिन भित्रिईरहेको सूचना प्रविधिले अहिले धेरै सजिलो गराईदिएको छ । साथसार्थ सञ्चारमाध्यमहरुको विकास र विस्तार पनि भइरहेको छ । समाचार लेख्न, प्रेषण गर्न र प्रकाशन गर्नका लागि प्रविधिले सजिलो बनाउको छ र विगतमा जस्तो अप्ठेरो छैन । तर योसंगै पत्रकारिता क्षेत्रमा केही विकृति पनि आएका छन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि कुनै मापदण्ड छैन । सामान्य जानकारी वा तालीम लिएकै भरमा पत्रकार हुं भन्ने चलन बढेको छ । यसले आम पत्रकारलाई एउटै हाल्ने चलन बढाएको छ , जसका कारण पत्रकारिता पेशाको विश्वसनीयता र गरिमा घटेको पनि छ ।
पत्रकारितामा एबिसी सिद्धान्तलाई मुख्य रुपमा हेरिन्छ । एबिसीले एक्युरेशी ( यकिन ), ब्यालेन्स ( सन्तुलन) र के्रडिबिलिटी ( विश्वसनीयता)लाई जनाउंछ । विश्वका आमसंचार तथा पत्रकारिताका विद्याथीहरुले पत्रकारिताको आधारभूत सिद्धान्तका रुपमा यी माथिका प्रमुख तीन आधारहरुलाई मनन गर्ने गर्दछन् । पत्रकारिताको सर्वग्राही अनुशासनका रुपमा लिइने यी तीन सिद्धान्तको पहिलो यकिनले तथ्य तथ्याड०कमा सहीपन, सन्तुलनले समाचारको एकपक्षीय मात्र नभइ दुबै वा सबै पक्षलाइ समेट्न र विश्वसनीयताले प्रकाशन वा पत्रिकाले वितरण गरेको आफ्नो उत्पादन वा समाचार सामाग्रीको पाठक वा श्रोताप्रतिको विश्वासलाइ दर्शाउंछ ।
आफ्नो धरातलीय यथार्थ बुझ्ने र जिल्लालाई बौद्धिक दिशानिर्देशन गर्ने क्षमतामा मोफसल तहमा निकै अभाव खड्किरहेको छ । अस्वस्थ प्रतिश्पर्धाले पनि निकै नोक्सान पुर्याएको छ । पेशागत सिद्धान्तभन्दा कमाइ खाने भांडो बनाउने वा पेशागत क्रियाकलापमा राजनीतिक आस्था हावी हुंदा हाम्रो पत्रकारिता ुवाचडगुबाट ुल्यापडगुमा रुपान्तरण भईरहेको कटु यथार्थ हाम्रा सामु छ । पत्रकारले राजनीति बुझ्नु स्वभाविक हो तर कतिपय अवस्थामा राजनीति बुझ्ने नाममा पत्रकार कुनै अमुक पार्टीको कार्यकर्ता बनेर वकालत गर्नु भने दूर्भाग्यपूर्ण कुरा हो जुन नुवाकोटमा पनि छिटफुट देखिने गरेको छ ।
मोफसल लगायत नेपाली पत्रकारिताको ईतिहास जति लम्बिंदै गयो, जति अनुभव थपिंदै गयो व्यवशायिकतामाथि त्यति नै चुनौति र समस्याहरु पनि थपिंदै गएको अवस्थामा हामी छौं । पत्रकारिताको क्षेत्र मुलुकमा जारी राजनीतिक संक्रमणबाट जोगिएर व्यवशायिकताको धार पक्रन असफल भएको देखिन्छ । राजनीतिलाई दिशानिर्देश गर्ने सञ्चारमाध्यम स्वयं अलमलमा परेको हो कि भनी जनमानसले प्रश्न उठाउन थालेका छन् । कुनै घटना वा अवस्थाको व्यवशायिक विश्लेषणभन्दा पनि ुलाईनुका आधारमा समाचार, विश्लेषण, अन्तरर्वार्ता वा सम्पादकीयले ठाउं पाइरहेको हुन्छ । यो त रचनात्मक र सिर्जनात्मक कर्म गर्ने पेशा हो, जसका लागि स्वभाविक रुपमा मानिसले मनैदेखि इमान्दार भएर काम गर्नु पर्दछ ।
कठीन परिस्थितिमा शुरु भएर विषम परिस्थितिवीच आफूलाई टिकाउंदै आएको त्रिशूली प्रबाह पनि माथि उल्लेख गरिएका अवस्था र प्रबृत्तिबाट मुक्त हुन सकेको छैन । आफूलाई समयानुकूल बनाउने क्रममा सामाग्रीहरुको संयोजन र कलेबरहरुलाइ आकर्षक बनाउने जस्ता कतिपय आधारभुत र जरुरी कुराहरुलाई समेत यसले ध्यान दिन सकेको छैन । खास कालखण्डबाट गुज्रिएका योगदानकर्ता र पाठकहरुको मनोभावनाको सम्मान गर्दै सो अनुसारको सूचना र विचार प्रेषण गर्ने कुराहरुमा पनि गंभीरतापूर्वक योजना बनाउन जरुरी ठानेको देखिंदैन । वर्तमानमा पाठकहरु सूचना र प्रविधिको यति धेरै विकल्पहरुसंग नजिक भइसकेका छन् कि सूचना र विचार प्रबाहका हिसाबले सिर्जनशील, उत्तरदायी र पेशागत मर्यादा कायम गर्ने सन्दर्भमा व्यवस्थित र बैज्ञानिक संस्कारको परिपालनकासाथै पेशागत श्रेष्ठता हासिल गर्ने गरी प्रयत्न गर्न सकिएन भने अब मानिसहरुले पत्रिका पढ्दैनन् ।
मथिका यावत् कुराहरुलाई पूरा गर्न ुत्रिशूली प्रबाहुको वर्तमान टिमले पनि महत्वपूर्ण दायित्व निर्वाह गर्न सकेमात्र पत्रकारले ुवाचडगुको भूमिका निर्वाह गरेको ठहर्नेछ । बढ्दो चुनौतिलाई सामना गर्दै आगामी दिनमा मोफसलको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक सवालका लागि उत्तरदायी भूमिका निर्वाह गर्न सकेमात्र यसले १३ बर्ष विताएको अर्थ रहन्छ र सार्थक पत्रकारिता गरेको मानिनेछ । पत्रकारिताका न्यूनतम मापदण्ड एवं पेशागत आचारसंहितप्रति प्रतिबद्ध भएर समाजप्रतिको दायित्व पूरा गर्नका लागि एक निष्पक्ष र स्वाभिमानी परिवर्तनको बन्न सकोस् ुत्रिशूली प्रबाहु । अहिलेलाई बधाई तथा शुभकामना १

प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकारमा जोड

विदुर । नेकपा माओवादीका सचिव देव गुरुङले स्थानीय प्राकृतिक स्रोत माथि स्थानीयको अग्राधिकार सुनिश्चित गर्नु पर्ने बताए । स्थानीयको अधिकार सुनिश्चित गर्नको लागि जलविद्युत उत्पादन नीति बनाउदा नेपालको नेपालको राष्ट्रिय पूजी बृद्धि हुने किसिमले बनाएमा मात्र स्थानीयले लाभ पाउने बताएका छन् ।
बुधबार विदुरमा नेकपा माओवादीको आयोजनामा प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकार विषयक गोष्ठीमा बोल्दै नेता गुरुङले नेपालमा विद्युत शक्तिको माग कति रहेको, कति खपत गर्न सकिने क्षेत्र रहेको छ भनी अध्ययन गरी उत्पादन गर्नु पर्ने बताउनुभएको छ । ‘आयस्तरलाई बढाउन पुजीवादी उत्पादनको लागि उत्पादन गर्न सके आयस्तर र जीवनस्तरलाई बृद्धि गर्छ’ नेता गुरुङले भने ‘केवल सेवामुखीमा सिमित गरेर उत्पादन गरेमा जीवनस्तरमा बृद्धि गर्न सकिदैन ।’
‘नेपालका कति औद्योगिक क्षेत्र खोल्न सकिन्छ । कति सिंचाई परियोजना सञ्चालन गर्न सकिन्छ । त्यसको लागि कति विजुली चाहिन्छ । योजना बनाउनु पर्छ’ नेता गुरुङले भने ‘यसले राष्ट्रिय पुजी सिर्जना गर्छ । देश विकास हुन्छ । राष्ट्रिय पुजी सिर्जना नभएमा मुलुकको विकास हुदै हुदैन ।’
सचिव गुरुङले मुलुकको विकासको लागि आर्थिक रुपमा उत्पादनको गतिविधि संग, आयआर्जनसँग जोडिएको छ छैन भनेर हेर्नु पर्ने बताए । उनले पूर्वाधारको विकास आर्थिक उत्पादनसंग जोडेमा मात्र विकास हुने बताए ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले प्राकृतिक स्रोतमाथि स्थानीयको अग्राधिकार शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । शर्माले कार्यपत्रमा प्राकृतिक स्रोत समायोचित विकास, रक्षा र प्रयोग गरेर स्थानीय जनताको उन्नती हुनेमा जोड दिएका छन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै चिलिमे जलविद्युत कम्पनीका प्रमुख कूलमान घिसिङले प्राकृतिक स्रोतलाई स्थानीयको अधिकार सुरक्षित गरेर प्रयोग गरी स्थानीय र सिंगो देशले नै लाभ लिने बाटोमा हिड्नु पर्ने बताए । उनले रसुवामा अहिले निर्माण भईरहेका र प्रस्ताव गरिएको आयोजना सम्पन्न भएको साढे चार सय मेघावाट विजुली उत्पादन हुने उल्लेख गर्दै अबको लगानी जलविद्युतमा गर्न सके स्थानीयले लाभ लिन सक्ने बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल चीन उद्योग बाणिज्य संघका अध्यक्ष शरण उत्सुक सापकोटाले अहिले हातमा आएको आयोजनालाई पाएको सुविधा लिएर निर्माण गर्न दिने थप अधिकारको लविङ गरिरहनु पर्ने बताए । उनले अधिकारको नाममा आयोजना नै बन्न नदिएको कसैको पनि भलो नहुने बताए ।
नेकपा माओवादीकी जिल्ला इन्चार्ज लक्ष्मी मुडभरीको सभापतित्वमा भएको कार्यक्रममा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दाबा तामाङ, नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य डा. डम्बरबहादुर नेपाली, माथिल्लो त्रिशूली थ्री एका प्रमुख गोपालबाबु भट्टराई, त्रिशूली थ्री बीका प्रमुख दामोदर भक्त श्रेष्ठ, राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणका अध्यक्ष सीताराम थापा, आदीवासी जनजातीका अध्यक्ष धर्मबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

विवाहोत्सव र क्रान्तिका कविताबारे चर्चा

काठमाडौँ । अन्तर्राष्ट्रिय कविता तथा पानी दिवसका अवसरमा यहाँ विशेष कविता वाचन गरिएको छ ।

ह्वाइट लोटस बुक सपले गत शुक्रबार आयोजना गरेको सो कार्यक्रममा नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा कविले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्कट र विसङ्गतिबारे कविता वाचन गर्नुभएको थियो । कविता दिवस बिहीबार र पानी दिवस आज मनाइएको हो ।

कवितावाचन गर्नेमा शैलेन्द्र साकार, युयुत्सु आरडी शर्मा, पूर्ण विराम, दुर्गा दाहाल, रत्ननिधि रेग्मी‘शुक्राचार्य’, श्याम रिमाल, भीष्म उप्रेती, हरिमाया भेटवाल, प्रमोद स्नेही, अरुण बुढाथोकी, सुधा सापकोटा, राममणि सिटौला, गोपाल नेपाल, भुवन थपलिया, डा तेजेन्द्र सुब्बा, प्रभाकर पाण्डे र डा डिल्लीराज न्यौपाने हुनुुहुन्थ्यो ।

सो अवसरमा साहित्यकार शैलेन्द्र साकारले सङ्कटमा परेका सार्वभौम मानिसका विषयलाई साहित्यकारले अभिव्यक्ति दिनुपर्ने बताउनुभयो । साहित्यकार युयुत्सु आरडी शर्मा र धर्मराज बरालले भानुभक्त, देवकोटा र रिमालको जन्मघरको संरक्षण गरी तिनलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारकर्मी र शान्तिकर्मी दीनदयाल रिजालले नेपाली कवि र कवितालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहयोग गर्ने वचन दिनुभयो ।

सोही अवसरमा कवि प्रभाकर पाण्डेको विवाहको २५ वर्ष पुगेको उपलक्ष्यमा लिखित ‘२५ वर्षको २५ कुरा’ कवितासङ्ग्रह र सार्क नेपाली सांस्कृतिक मैत्री सङ्घद्वारा प्रकाशित तथा महेश प्रसाईँ र डम्बरकुमार गिरीद्वारा सम्पादित ‘पवित्र क्रान्ति’ कवितासङ्ग्रहबारे चर्चा गरिएको थियो

रक्सीले टिल्ल हुँदै सरकारी गाडीमा सरर

विदुर । केन्द्रमा उच्चपदस्थ व्यक्तिले सरकारी गाडी फिर्ता गरिरहँदा नुवाकोटमा भने माओवादीका स्थानीय नेताले सरकारी गाडीको दुरुपयोग गरिरहेका छन् ।
शान्तिप्रक्रियामा माओवादी आएदेखि नै चोरीको गाडी प्रयोग गर्दै आएका माओवादी नेता तथा कार्यकर्ताहरू अहिले आफ्नो सरकारको आडम्बर देखाउँदै प्राधिकरणको गाडी दुरुपयोग गरिरहेको भेटिएको छ । एकीकृत नेकपा माओवादीका स्थानीय नेता हिरानाथ खतिवडा सरकारी गाडीको दुरुपयोग गर्नेमा अग्रपङ्क्तिमा छन् ।
खतिवडाले गत साता तिहार मनाउन तुप्चे जाँदा बा.१ञ १६३५ नम्बरको पहँेलो बलेरो गाडी लिएर गएका थिए । मादक पदार्थ पिएर टिल्ल हुँदै खतिवडाले उक्त गाडी विदुरदेखि तुप्चेसम्म विभिन्न ठाउँमा ठोक्काउँदै हिँडेका थिए । पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको ‘निजी सचिव हुँ’ भन्दै उनले सरकारी गाडी चढिरहेका छन् ।
खतिवडाले सरकारी गाडी निजी प्रयोजनका साथै घरायसी रूपमा प्रयोग गर्दै आइरहेका तुप्चेकै स्थानीयवासीले बताएका छन् । उनले प्रयोग गर्दै आएको गाडी नुवाकोटमा माओवादी कार्यकर्ता ओसारपसार गर्ने साधन बनेको छ ।
माओवादी शान्तिप्रक्रियामा आएपछि नुवाकोटमा सबैभन्दा बढी कमाउने नेताका रूपमा खतिवडा चिनिन्छन् । नाम उल्लेख गर्न नचाहने उनका एक छिमेकीका अनुसार गत वर्षको दशैँको विश्वकर्मा पूजाका दिन उनको घरमा पूजा गर्ने गाडीसमेत अटाएनन् । माओवादी कार्यकर्ताबाटै त्यसको विरोध भएपछि यसपटक उनले आफ्नो स्वामित्वमा रहेका गाडीहरू तुप्चे ल्याएनन् ।
आफ्नो पार्टीको सरकारमा फाइदा मज्जैले उठाएर अकुत सम्पत्ति कमाउने व्यक्तिका रूपमा खतिवडाले पहिचान बनाएका छन् ।
हैसियतबिना सरकारी गाडीको दुरुपयोग गरेपछि नुवाकोटवासीले समेत विरोध जनाएका छन् । केन्द्रीय तहमा पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीले सरकारी सेवासुविधाको गाडी फिर्ता गरिसकेका छन् । तर, यहाँका स्थानीय माओवादी नेताले सरकारी गाडीको दुरुपयोग गर्दासमेत कसैले पनि औंला उठाउन सकेका छैनन् ।

एमाले नेतालाई खोतल्दा

विष्णु तारुके
०६४ को संविधानसभा चुनावअघि एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले माओवादीका स्वर्गीय नेता भरत ढुङ्गानाकी छोरीलाई उच्च माध्यामिक शिक्षा परिषद्मा जागिर खुवाइदिए । त्यति मात्र होइन, नेता पाण्डेले चुनावको मुखैमा चुनावी भाषणमा एमाले भनेको आफ्नो पार्टीका कार्यकर्ताको मात्र होइन, अरूको मान्छेको पनि भलो चाहन्छ भन्दा कार्य

कर्ताले ओठ लेप्य्राएका थिए । त्यतिबेला एमालेका कार्यकर्ता रिसले आगो भएका थिए । केही एमालेका कार्यकर्ताले पाण्डेसँग नै पार्टी नै छाड्ने धम्की दिए ।

एमाले नेता पाण्डेले नै जागिर खुवाइदिएका गोस्र्याङका रणबहादुर तामाङ अहिले काठमाडौंको यती ट्राभल्समा राम्रै सुविधा पाउँछन् । तर, तिनै सोझो तामाङ यतिखेर माओवादी मजदुर युनियनमा लागेका छन् । तिनले भोलिका दिनमा एमालेलाई सहयोग गर्ने आशा पनि गर्न सकिँदैन । राजधानीमा चर्चा हुन्छ– काङ्ग्रेस नेता रामशरण महतले आफ्नो क्षेत्रका करिब चार हजारलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा भरेका छन् ।
एमालेको इतिहासमा ०४७ सालमा मनमोहन अधिकारी र मदन भण्डारीबाट आएकाहरूबीचको विवाद नुवाकोटमा छ । त्यतिखरको माले र माक्र्सवादी एकीकरणपछि एमाले त बन्यो तर मनमोहन पक्षबाट आएका ठाकुर गजुरेल, गणेश पण्डितहरू र संस्थापन पक्ष अर्थात् भण्डारी पक्षका नेता पाण्डेबीचको टकरावले पण्डित निष्क्रिय बने । गजुरेल वामदेवले खोलेको माले हुँदै अहिले माओवादीमा पुगेका छन् । अर्का क्षेत्र नं. २ का एमाले नेता जनार्दन भण्डारी राजाको ‘कु’सँगै ठूलो भाग खान कमल चौलागाईंसँगै राजवादी बने । उनी अहिले घर न घाटको भएका छन् ।

०५६ को निर्वाचनमा पाण्डेले क्षेत्र नं. ३ मा आफूलाई रामशरण महतले सहयोग गर्ने र २ मा जनार्दन भण्डारीलाई हराएर एमालेले महतलाई जिताउने प्रपञ्च गरेको उनले अहिले पनि आरोप लगाउने गरेका छन् । गत एमाले जिल्ला अधिवेशन सकिएलगत्तै पाण्डेको अर्को कमजोरी जिल्ला कमिटीले लुकाउन सकेन । विदुरको चियापसल हँुदै गाउँगाउँसम्म पुग्यो त्यो आरोप । बहिनी पाण्डेलाई चुनावमा गाडी व्यवस्था गरिदिएका नन्देज्वाइँ नातापर्ने मैनालीले पाण्डे श्रीमतीलाई भारतमा उपचार गराउनसमेत चार लाख आर्थिक सहयोग गरेका रहेछन् । त्यसबापपनि उनले नियुक्त गरेका लोहनी अध्यक्ष छँदै छन् । माओवादीका लडाकु कमान्डर वर्षमान पुन अर्थमन्त्री हँुदा लोहनीलाई हटाउनुप¥यो भन्दै नुवाकोटे माओवादीहरू अर्थ मन्त्रालय जाँदा मन्त्री पुनले उनलाई ज्यान गए पनि हटाउन मानेनन् । कारण यस्तो रहेछ– लोहनीले माओवादीकै अनुकूलमा काम गर्ने सहमति भइसकेको रहेछ । जसको परिणाम माओवादी जिल्ला नेता इन्द्रबहादुर पण्डितकी छोरी सुलक्षणा पण्डितले बिमा संस्थानमा जागिर खाइन् । एमालेका कार्यकर्ताहरू हे¥याहे¥यै भए । त बद्री मैनालीलाई उनले ठुलै गुन लगाइदिएका छन् । मैनालीले ०६६ मा लिएको सङ्गठित सदस्यताले उनलाई एमालेको राजनीति गर्न अप्ठ्यारो महसुस भएपछि पाण्डेले १० वर्षअघि नै सङ्गठित सदस्यता पाएको रेकर्ड मिलाइदिएका छन् । हतारमा गरेको काम किन छिप्थ्यो र ! कार्यकर्ताले पत्ता लगाइहाले ।

पूर्व राप्रपाका नेता मैनालीले निवेदन ०६६ भदौ ३१ दिए, तर नेता पाण्डेले हतारमा सिफारिस त गरे तर, सोही भदौ ११ को मितिमा । यसले केन्द्रीय सङ्गठन विभागमा समेत कुरा उठाइयो । यो कुरा जिल्लासम्म नपु¥याउने भन्दाभन्दै एक कान दुई कान मैदान भयो । मैनाली यतिखेर एमालेको २ नं. क्षेत्रीय उपाध्यक्ष भएका छन् । अहिले पनि खोभारी रायको गाडी चढेर हिँड्छन् ।
सुरेन्द्र पाण्डे अर्थमन्त्री हँुदा बिमा संस्थानका अध्यक्ष बनेका एमाले नेता राजेन्द्रप्रकाश लोहनी पनि गाई मारेर गधा पोस्नेमा माहिर छन् । पाण्डे डेढ वर्षअघि नै अर्थमन्त्रीबाट हटे एमाले बुङ्ताङ गाविस अध्यक्ष एवम् जिल्ला कमिटीका सदस्यसमेत रहेका धनसिंह तामाङलाई माओवादीले जनयुद्धको नाममा घाँटी रेटेर मारे । विकासप्रेमी उनको प्रयासलाई एमालेले अनुशरण गर्न कति सक्यो त्यो तथ्य खोला त¥यो, लौरो बिस्र्यो भनेजस्तै भएको छ । तर उनका एक मात्र छोरा विगत ३÷४ वर्षदेखि सिंगापुर जेलमा छन् । उनीसँगै रहेका कोरियाली नागरिकले बोकेको चरेसको कारण उनी तिनै कोरियालीसँगै जेल परेका हुन् । जेल परेपछि परिवारको एक सहारा टुटेको छ । एमालेले उनलाई छुटाउन प्रयास ग¥यो–गरेन त्यो थाहा छैन तर धनसिंहकी विधवा पत्नी र छोरी कुन हालतले बस्दै होलान् ?

केही महिनाअघि देवीघाटमा बस दुर्घटनाबाट तीनजना मरे । केही मानिस हताहत भए । दुर्घटनामा परेर अस्पतालमा उपचार गराइरहेकाहरूलाई भेट्न काङ्ग्रेस–माओवादी नेताहरू अस्पताल गएर सहानुभूति मात्र दिएनन् उपचार खर्च दिलाउन भरसक सहयोगसमेत गरे तर एमालेका नेताहरू कोही देखापरेनन् । रातमाटे र जिलिङका इमानदार एमालेका कार्यकर्ताहरू दुर्घटनामा पर्दा एमालेकै नेताहरू नगएकोप्रति घाइते एमाले कार्यकर्ताको मन कम्ती दुखेको रहेनछ । कार्यकर्ताले नेताहरूको बेवास्ताबारे खुलेरै बोले तर नेताहरू सच्चिएनन्। कार्यकर्ताहरूको संरक्षणको सवालमा एमाले नेताहरू बेमतलबी छन् भन्ने उदाहरण खोज्न गाह्रो छैन । कार्यकर्ताको दुःखसुखमा साथ दिन नसक्दा नेताहरूले चोट मात्र खाएका छैनन् भोट पनि गुमाएका छन् । नारायणप्रसाद खतिवडा एमाले अध्यक्ष भएको दुइ वर्ष बित्न लाग्यो । तर, स्वार्थी र भ्रष्टाचारीका झुण्डहरूले उनलाई काम गर्न दिएका छैनन् । चोखा र राम्रो छवि भएका झुण्डहरूभन्दा लोभीपापीहरूको घेराभित्र रमाएका उनी केही निर्णय गर्नसमेत सक्दैनन् । जिल्ला कमिटी अहिले शून्यप्रायः अवस्थामा छ । पार्टी बैठकमा आउने जिल्ला कमिटीका सदस्यहरू नै बैठकमा आएबापत कति पैसा पाइन्छ ? भनेर जवाफ फर्काउँछन् । बोलाएको बैठकमा आधा सहभागी पनि हुँदैनन् । खतिवडालाई जिल्ला अध्यक्ष पद निल्नु न ओकल्नु भएको छ । 

अन्तमा, खतिवडाका सामु हिजो एमालेबाट धकेलेर धेरै टाढा पु¥याइएका कार्यकर्ता फर्काउने चुनौती त छँदै छ, अर्को विगतमा एमालेलाई राम्रै सहयोग गरेका महेन्द्र खनाल, भर्खरै अवकाश पाएका श्यामशुन्दर श्रेष्ठदेखि जिल्ला कमिटीमा हारेका विजय खनाललगायत सबैलाई समेटेर पार्टीलाई पुनर्जीवन दिनु कठिन कार्य भएको छ । अर्को, पार्टीभित्र मौलाएको अराजकता र एनजीओकरणलाई व्यवस्थित गर्नु पनि जरुरी हुनेछ । एमालेभित्र मौलाएको एनजीओ–आईएनजीओबारे आगामी अङ्कमा खोतल्दै जानेछौँ ।

विष्णु तारुके

राणाकालीन समयमा नेताहरूको चरित्र अलि भिन्नै थियो । राणाहरू आफ्ना भाइभारदार आफूलाई भेट्न आउँदा देखाउने चाकरी–शैली सम्झाउने
खालको व्यवहार भोग्छन् महतको दर्शनभेटमा जानेहरू ।
आफ्ना भाइभारदारहरू घरमा भेट्न आउँदा अबेरसम्म सुत्ने र घरको छत बार्दलीबाट भारदारहरूको अनुहार नियालेर कसको चाकरीपूर्ण अनुहार छ त्यसलाई मात्र सुटुक्क बोलाएर भेट्ने र अरूलाई स्वगत गर्न आएका सम्झने मनोवृत्ति ज्यादा थियो । राणाहरू घरको आँगनमा रिङ्गै आएका भारदारहरूलाई राखेर घोडा चढी घरबाट निस्कन्थे । यसरी आएका भारदारहरूलाई आफ्नो स्वागतार्थ चाकरी गर्न आएको सम्झी उनीहरूको पिरमर्का नबुझी जान्थे ।
राणाकालीन सोच र मनोवृत्ति त्याग्न र सबै बराबर हुन् भन्ने भावना दिलाउन गरिएको लोकतान्त्रिक आन्दोलन र त्यही आन्दोलनका अगुवा केही नेताले आजसम्म पनि त्यही प्रवृत्ति र संस्कारको परिमार्जित रूप धारण गरिरहेका छन । कुलीन संस्कार र प्रवृत्तिको जमाना अब समाप्त भइसकेको अवस्थामा हाम्रा केही नेताहरूको त्यही प्रवृत्ति रहँदा जनता दुःखी हुन्छन् । गत साता यस पङ्क्तिकारले त्यस्तै सोच र प्रवृत्ति बोकेका केही नेताको कार्यकर्तासँगको भालाकुसारी प्रत्यक्ष देख्ने मौका पाएको थियो ।
गत साता नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतको घरमा पुग्दा कार्यकर्ता बिहान ६ बजेदेखि नै कुर्दै थिए । तर, महत बिछ्यौनाबाट हाई…. गर्दै उठे सवा आठ बजे । कार्यकर्ता चिया पनि खान नपाएको भन्दै गुनासो गर्दै थिए । कोही पशुपतिशमशेर राणाको घरमा जाने कार्यकर्तालाई भातै खुवाएर पठाउने गरेको कुरा गर्दै थिए । बिहान घरमा भेट्न बोलाउनेले के खुवाउँछन् थाहा छैन । डा. महतको घरमा भने पानीसम्म खान नपाएको गुनासो गर्दै थिए कार्यकर्ता । अझै नेताहरू भेटघाटलाई समेत समय दिँदैन्न रे । आफूलाई कहिले सुशील त कहिले कहाँ मिटिङ छ भनेर निस्किहाल्छन् रे । एक कार्यकर्ता त अझै गुनासो गर्दै थिए, ‘जान्छन् कहाँकहाँ, भन्छन् सुशील दा र शेरबहादुर कहाँ ।’
विजय गच्छदार नेपाली काङ्ग्रेसमै हुँदा उनले कार्यकर्तालाई भ्यालु दिने गरेको केहीको गुनासो थियो । गच्छदारले सबैलाई आगनमै राखेर चिया पिउँदै सबैका कुरा सुन्ने गरेका छन रे । अर्जुननरसिंह केसी र डा. महतकोमा भेट्न जानेको गुनासो एउटै हुने रहेछ ।
गत साता अन्तर्वार्ताका लागि केसीको गोंगबु दरबार पुगेको थिएँ । त्यतिखेर तिज आउँदै थियो । एक महिला बिहान ६ बजेदेखि नै गेट ढकढकाउँदै थिइन् । उनको हातमा दत्तिउन थियो ।
म गएपछि बल्ल ढोका खुल्यो । तर, ती महिला प्रतिमा भाउजूकै हातमा दत्तिउन दिन चाहन्थिन् । तर, प्रतिमा भाउजू ९ नबजी उठिनन् । खुट्टामा चप्पलसमेत नलगाएकी ती महिला प्रतिमा भाउजूलाई श्रद्धाका साथ दत्तिउन दिन नौ बजेसम्म बरण्डामा कुरिन् । बडेमानको भोटे कुकुरले उनलाई माथिल्लो तल्लामा जान दिएन ।
यस्तै छ नुवाकोटे नेताहरूको राणाकालीन शोख । अझ एमाले नेताहरूका त कति कुरा गर्नु ? आउँदा दिनहरूमा उनीहरूका कर्तुत पनि सार्वजनिक गर्दै जाउँला । अहिलेलाई यत्ति नै ……